संक्षिप्त परिचय

नेपालको सुदूर पश्चिमाञ्चल विकास क्षेत्र अन्तरगत महाकाली अञ्चलमा पर्ने कञ्चनपुर जिल्ला पहिले वाइसे चौविसे राज्य रहेका वखत डोटी राज्यको सीमा क्षेत्रमा पर्दथ्यो, त्यतिवेला सम्म जिल्लाको नामकरण भैसकेको थिएन । मल्ली माल र तल्ली मालका नाम वाट चिनिने यस जिल्लाको क्षेत्र पनि कैलाली जिल्ला कै क्षेत्र भित्र समावेश गरिएको थियो । सन १८१४ देखि १८१५ सम्म अंग्रेज संग भएको युद्ध पछि सन १८१६ मा गरिएको सुगौली संधीवाट काली नदि पश्चिमको सम्पुर्ण भूभाग संगै तराईको कञ्चनपुर पनि व्रिटिश इण्डियामा गाभिएको इतिहास पाइन्छ । पछि सन १८६० को प्रत्यावर्तन सन्धि भए पछि मात्र यो क्षेत्र अर्थात कञ्चनपुर, कैलाली, वर्दिया र